वैशाख २८, २०८२ आइतबार | १९:४५:०८
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

च्याम्पियन भएर घर फर्कन्छौँः प्रशिक्षक कटवाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटवालले चार देशसम्मिलित शृंखला जितेर स्वदेश फर्कने बताएका छन् । शनिबार बिदाई कार्यक्रममा बोल्दै कटवालले छोटो तयारी भएपनि खेलाडीले राम्रो प्रदर्शन गरेको बताउँदै च्याम्पियन भएर फर्कने बताएका हुन् ।

‘चुनौती धेरै छन् । छोटो समयको तयारी छ । प्रतिस्पर्धी पनि राम्रा छन् । हामी च्याम्पियन भएर फर्कन्छौँ,’ पहिलो पटक राष्ट्रिय टोली सम्हाल्ने जिम्मेवारी पाएका कटुवालले भने । कटवाल पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लब र फ्रेन्चाइज टोली चितवन राइनोजको मुख्य प्रशिक्षक थिए । उनले महिला टोली पहिलो पटक हेरेका हुन् ।

झापाका पूर्व खेलाडी कट्वालले नेपाली टोलीको बलिङ राम्रो भएपनि ब्याटिङ र फिल्डिङ कमजोर रहेको प्रष्ट पारे । उनले ६–७ दिनको तयारी सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् । कटवाल नयाँ खेलाडीले समेत राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहे । ‘हामी बलिङमा धेरै राम्रो छौँ । ब्याटिङ र फिल्डिङमा कमजोर छौँ ।  ६–७ दिनमा राम्रो गर्ने प्रयास गरेका छौं । सिनियर खेलाडी सधै तयार हुन्छन् । नयाँले पनि राम्रो गरिरहेका छन् ।’

हङकङमा आयोजना हुने चार देशसम्मिलित महिला टी–२० शृंखला खेल्न जाने टोलीलाई शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ । क्यानका सचिव पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदिप शर्माले टोलीको बिदाई गरेका हुन् ।

नेपाली टोली  आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ । क्यानले शृंखलाबाट इन्दु बर्मालाई नयाँ कप्तान घोषणा गरेको छ । इन्दुले समेत छोटो समयमा राम्रो तयारी भएको बताएकी छिन् ।

उनले नयाँ अवसरको लागि खुसी भएको प्रतिक्रिया दिइन् । ‘नयाँ अवसरको लागि खुसी छु । यसलाई चुनौतीको रुपमा लिएको छु । तयारी छोटो समयमा भएको छ । के मा कमजोर छ त्यसलाई ध्यान दिएका छौँ । हामीले फिल्डिङ र फिटनेशमा ध्यान दिएको छौं,’ इन्दुले भनिन् ।

यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले गर्दै आएकी थिइन् । यसैगरी क्यानले उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ । रुबिनासँगै सिताराना मगर नेपाली टोलीसँग हङकङमै जोडिनेछन् ।

सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए । ‘नयाँ कप्तान र प्रशिक्षकसहित सबैलाई शुभकामना । पुरुष टोलीले झै सानदार प्रदर्शन गरेर च्याम्पियन हुनुहोला,’ खड्काले भने ।

कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । यसैगरी पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् ।

शृंखलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ । यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ । तान्जेनिया र जापान नेपालको लागि नयाँ प्रतिद्वन्दि हुन् ।

नेपाली टोलीः 
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान), अस्मिना कर्मचार्य, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP