काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा आयोजना हुने चार देशसम्मिलित महिला ट्वान्टी २० शृंखला खेल्न जाने टोलीको बिदाई गरेको छ ।
शनिबार क्यानले मुलपानीस्थित मुख्यालयमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो । क्यानका सचिव पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदिप शर्माले खेलाडी तथा अफिसियललाई बिदाई गरेका हुन् । नेपाली टोली भोलि (आइतबार) त्यसतर्फ प्रस्थान गर्नेछ ।
क्यानले शृंखलाबाट इन्दु बर्मालाई नयाँ कप्तान घोषणा गरेको छ । यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले गर्दै आएकी थिइन् । यसैगरी क्यानले उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ ।
सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए । ‘नयाँ कप्तान र प्रशिक्षकसहित सबैलाई शुभकामना । पुरुष टोलीले झै सानदार प्रदर्शन गरेर च्याम्पियन हुनुहोला,’ खड्काले भने ।
कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । यसैगरी पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् ।
शृंखलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ । यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ । तान्जेनिया र जापान नेपालको लागि नयाँ प्रतिद्वन्दि हुन् ।
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान) ,अस्मिना कर्मचार्य, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का,