वैशाख २८, २०८२ आइतबार | १९:३४:१४
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

श्रीलंका क्रिकेट बोर्ड आइसिसीको निलम्बनमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले श्रीलंका क्रिकेट बार्ड (एसएलसी) लाई निलम्बन गरेको छ ।

एसएलसी प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आइसिसीले यस्तो निर्णय लिएको हो ।

निलम्बन पछि आइसिसीले श्रीलंका क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको सहभागिता गर्ने पाउने या नपाउने भने उल्लेख गरिएको छैन।

आइसिसी बोर्डको शुक्रबार बसेको बैठकले श्रीलंका क्रिकेटले आफ्नो मामिलामा स्वायत्त रूपमा व्यवस्थापन गर्न र श्रीलंकाको क्रिकेटको नियमन वा प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्नका लागि सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरेको ठहर गरेको छ ।

यस निलम्बनको थप विवरण र प्रभावहरू निर्णय हुन बाँकी छ र कार्यवाहीको क्रममा स्पष्ट गरिने आइसिसीले जनाएको छ।

आइसिसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतसँग ३ सय २ रनले पराजित भएपछि सरकारले निलम्बन गरेको श्रीलंका क्रिकेट बोर्डलाई अदालतले पुनः स्थापना गरेको थियो ।  

श्रीलंकाको पुनरावेदन अदालतले गत मंगलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको हो । साथै अदालतले सुनुवाइ पूरा नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली पनि गरेको थियो ।

भारतसँगको श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष शम्मी सिल्भाले राजीनामा दिने घोषणा गरेका थिए ।

अध्यक्ष सिल्भाले राजीनामा दिने घोषणा गरेपछि श्रीलंकाका खेलमन्त्री रोशन रणसिन्धेले गत सोमबार बोर्ड नै निलम्बन गरेका थिए । बोर्ड निलम्बनपछि मन्त्री रणसिन्धेले विश्वकप विजेता पूर्वकप्तान अर्जुन रणतुङ्गाको अध्यक्षतामा सात सदस्यीय अन्तरिम समिति गठन गरेका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP