आइसिसी एकदिवसीय विश्वकप

श्रीलंकाले दियो न्युजिल्यान्डलाई १ सय ७२ रनको लक्ष्य

काठमाडौं । कुशल परेराको अर्शशतकप्रेरित श्रीलंकाले भारतमा आइसिसी एकदिवसीय विश्वकपमा  साक उपविजेता न्युजिल्यान्डसामू १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बेङ्लोरस्थित एम चिन्नास्वामी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४६.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि परेराले २८ बलमा नौ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । २२ बलमै ५० बनाएका उनी जारी विश्वकपमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी समेत बने । 

यसैगरी महेश तिक्क्षणा अविजित ३९, धनन्जय डि सिल्भा र दिल्सान मदुसंकाले समान १९ तथा एन्जेलो म्याथ्युजले १६ रन बनाए ।

१० औं विकेटका लागि तिक्क्षणा र मदुसंकाले ४३ रनकाे साझेदारी गरे । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले तीन, लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान दुई तथा टिम साउथीले समान एक विकेट लिए ।

न्युजिल्यान्ड आठ खेलमा समान चार जित र हारको नतिजासहित आठ अंक जोडेर चौथो स्थानमा छ । न्युजिल्यान्डलाई सेमिफाइनलमा पुग्ने सम्भावनालाई जिवितै राख्न जित्नै दाबाब छ ।

श्रीलंकाविरुद्ध हार व्यहोरेमा न्युजिल्यान्डको सेमिफाइनल सम्भावना समाप्त हुनेछ । न्युजिल्यान्डले श्रीलंकालाई हराए पनि अगाडि बढ्न पाकिस्तानको नतिजामा भरपर्नु पर्नेछ ।

श्रीलंकाआठ खेलमा ६ हार र दुई जितको नतिजासहित चार अंक जोडेर नवौं स्थानमा छ । विश्वकपबाट बाहिरिसकेको श्रीलंका पनि न्युजिल्यान्डलाई हराउँदै च्याम्पियन्स ट्रफीको सम्भावनालाई जिवितै राख्ने लक्ष्य