नेपाल क्रिकेट संघ

नेपाली महिला टोलीले हङकङमा ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला खेल्ने

काठमाडौं । नेपाली महिला टोलीले हङकङमा हुने चार देशसम्मिलित ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको  बाेर्ड  बैठकले शृंखलाका हङकङको निमन्त्रणा आएकाले टोलीलाई पठाउने निर्णय गरेको हो ।

क्यानकाअनुसार शृंखला कात्तिक २९ देखि मंसिर ३ सम्म हुनेछ ।

यसैगरी बैठकले अर्काे वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपका लागि छनोट भएको नेपाली टोलीलाई ५० लाख तथा एसिसी यु-१९ प्रिमियर कप जितेर यु-१९ एसिया कपका लागि छनोट भएको टोलीका सदस्यलाई जनही ५० हजार दिने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको फाइनलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत जाजरकोट भुकम्प पिडितका लागि दिने निर्णय पनि गरेको छ । 

यस्ता छन् क्यान बाेर्ड बैठकका निर्णय