जेष्ठ ११, २०८२ शनिबार | २१:३४:११
एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सले मनायो ५३औं वार्षिकउत्सव एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सले मनायो ५३औं वार्षिकउत्सव

नेपाल एक दशकपछि विश्वकपमा छनोट

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई आठ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

नेपालले दोस्रोपटक विश्वकप खेल्ने पक्का भएको हो । यसअघि नेपालले सन् २०१४ को विश्वकप खेलेको थियो । ट्वान्टी २० विश्वकप वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्नेछन् ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा शुक्रबार युएईले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेट्टायो ।

तेस्रो ओभरको अन्तिम बलमा कुशल भुर्तेल आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाएर आउट भए । उनलाई निलन्स केसवानीले मोहम्मद वासिमबाट क्याच गराए ।

१० औं ओभरको तेस्रो बलमा गुल्शन झालाई बसिल हामिदले बोल्ड गराए । उनले २४ बलमा तीन चौकाको मद्दतले २२ रन बनाए ।

आसिफ शेख ५१ बलमा  सात चौका र एक छक्काको मद्दतले ६४ रनमा अविजित रहे । यसैगरी कप्तान रोहितकुमार पौडेलले २० बलमा समान दुई चौका र छक्काको मद्दतले अविजित ३४ रन बनाए । 

तेस्रो विकेटका लागि आसिफ र रोहितले अविजित ६८ रनको साझेदारी गरे । युएईका लागि बसिल हामिद र निलन्स केसवानीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय २४ रनको योगफल तयार पारेको थियो ।

चौथो ओभरको पहिलो खेलमा सोमपाल कामीले कालिद शाहलाई रन आउट गराए । चार बलको सामना गरेका उनले तीन रन बनाए ।

सोही ओभरको चौथो बलमा सोमपालले कप्तान मोहम्मद वासिमलाई व्यक्तिगत २६ रनमा करण केसीबाट क्याच गराए । वासिमले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

१० औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले आसिफ खानलाई व्यक्तिगत १३ रनमा एलविडब्ल्युको धरापमा पारे । उनले १४ बलमा एक चौका प्रहार गरे । 
१४ औं ओभरको चौथो बलमा अलिशान शराफु १४ बलमा तीन चौकाको मद्दतले १६ रन बनाएर आउट भए । उनलाई कुशल मल्लले सोमपाल कामीबाट क्याच गराएका हुन् ।

कप्तान रोहितकुमार पौडेलले १६ औं ओभरको पाँचौं बलमा अली नासिरलाई कुशल भुर्तेलबाट क्याच गराए । नसिले सात बलमा चार रन बनाए ।

१८ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानले बसिल हामिदलाई व्यतिगत तीन रनमा गुल्शन झाबाट क्याच गराए । हामिदले मात्र तीन बलको सामना गरे ।

२० औं ओभरको पहिलो बलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका वृत्य अरविन्दलाई गुल्शनबाट क्याच गराए । अरजिन्दले ५१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

सोही ओभरको तेस्रो बलमा कुशलले आयर आफ्जल खानलाई एक रन कुशल भुर्तेलबाट क्यान गराए । खानले सात बलको सामना गरे ।

नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले समान एक विकेट लिए ।

समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट युएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा स्थान बनाएका हुन् । समूह ‘ए’ का मलेसिया र सिंगापुर तथा समूह ‘बी’ का हङकङ र कुवेतको यात्रा भने अगाडि बढ्न सकेन ।

समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित हुँदै उपविजेता भएको थियो । त्यसअघि नेपालले सिंगापुरलाई आठ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

प्रशिक्षक मोन्टी देशाईले समूह चरणमा नखेलेका दीपेन्द्रसिंह ऐरीलाई मैदान उतारेका थिए । दीपेन्द्रले सन्दीप जोराको स्थान लिएका हुन् । सिंगापुरकोविरुद्धको पहिलो खेल अगाडी अभ्यास गर्ने क्रममा दीपेन्द्र घाइते भएका थिए ।

पहिलो पराजय व्यहोरेको युएई भने विश्वकपमा पुग्न सकेन । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेट तथा हङकङलाई २२ रनले पराजित गरेको थियो ।

नेपालले उपाधिका लागि आइतबार ओमानको सामना गर्नेछ । ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । 
 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL