काठमाडौं । घरेलु टोली भारतले आइसिसी एकदविसीय विश्वकपमा श्रीलंकासामू ३ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईस्थित वान्खडे क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ५७ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि शुभमन गिलले ९२ बलमा ११ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ९२ रनको योगदान गरे । विराट कोहलीले ९४ बलमा ११ चौकाको मद्दतले ८८ रन बनाए ।
यसैगरी श्रेयश अय्यरले ५६ बलमा ६ छक्का र तीन चौकाको मद्दतले ८२, रविन्द्र जडेजाले ३५, केएल राहुलले २१ र सूर्यकुमार यादवले १२ रन जोडे ।
दोस्रो विकेटका लागि शुभमन र विराटबीच १ स ८९ रनको साझेदारी भयो । यसैगरी श्रेयशले चौथो विकेटका लागि केएलसँग ६० र छैटौ विकेटका लागि रविन्द्रसँग ५७ रनको साझेदारी गरे ।
श्रीलंकका लागि दिलशन मदुशन्काले १० ओभरमा ८० रन खर्चिदै पाँच विकेट लिए । यसैगरी दुस्मन्था चमिराको नाममा एक विकेट रह्यो ।
भारत सातौं तथा श्रीलंका तेस्रो जितको लक्ष्यमा छन् ।