वैशाख २६, २०८२ शुक्रबार | १५:५४:५४
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

कुवेतसँग हारे पनि बहराइन सेमिफाइनलमा

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बिहीबार कुवेतसँग चार विकेटले पराजित भए पनि बहराइन सेमिफाइनलमा प्रवेश गरेको छ ।

समान अंक भए पनि हङकङ र कुवेतलाई नेटरनरेटको आधारमापछि पर्दै बहराइन समूह ‘बी’ को उपविजेता बनेको हो । यो समूहबाट तीनै खेल जितेको संयुक्त अरब इमिरेट्स (युएई) ६ अंकका साथ समूह विजेता बन्यो ।

बहराइन, हङकङ र कुवेतको समान २ अंक थियो । तर बहराइनको नेटरनरेट माइनस ०.३९८, हङकङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रह्यो ।

मुलपानी त्रिकेट मैदान (माथिल्लो) मा बहराइनले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य कुवेतले १६.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

कुवेतका लागि उस्मान उस्मान पटेलले ३४ बलमा ६ चौका र पाँच  छक्काको मद्दतले  सर्वाधिक ६४ रनको योगदान गरे । कप्तान मोहम्मद अस्लामले अविजित ३६, डिजुर शिलीले २२ तथा बिलाल ताहिर र सायद मुनिबले समान १५ रन बनाए ।

बहराइनका अली दाउद र रिजवान बटले दुई तथा अब्दुल माजिदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५८ रनको योगफल तयार पारेको थियो ।

बहराइनका इम्रान अनवरले ३७, इम्रान अली र कप्ताम उमर टुरले समान २२, हैदर बटले १८, सोहिद अहमले १५ तथा जुनैद अजिज र साथैया वीरपाथिरानले समान ११ रन  बनाए ।

दुवै सेमिफाइनल शुक्रबार हुनेछ । मुलपानीमा नेपाल र युएईबीच आमने सामाने हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमान र बहराइन प्रतिस्पर्धा गर्नेछन् । विजेता दुवै टोलीले २०२४ को विश्वकप खेल्नेछन् ।

समूह ‘ए’ मा ओमान तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदा नेपाल समान खेलबाट चार अंकका साथ दोस्रो स्थानमा रह्यो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP