काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार हुने नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल घरमै बसेर हेर्न समर्थकलाई आग्रह गरेको छ ।
नेपाल र युइएबीचको खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा हुँदैछ । मुलपानीमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालको क्रिकेट मैदानमा जती दर्शन नअट्ने भएकाले क्यानले घरबाटै खेल हेर्न आग्रह गरेको हो ।
क्यानले नेपाल र युएईबीचको खेलका लागि ३ हजार पाँच सय टिकट मात्र ब्रिकी गरिने जनाएको छ । उक्त टिकट आइएमइ पेबाट खरिद गर्न सकिनेछ ।
यसैगरी क्यानले कसैका लागि पनि पास वितरण नगिरिएको बताएको छ ।
समूह चरणको अन्तिम खेलमा ओमानसँग पाँच रनले पराजित हुँदा नेपाल समूह ‘ए’ को उपविजेता बनेको थियो । युएई समूह ‘बी’ को विजेता हो । यदी नेपालले ओमनालाई हराएको भए समूह विजेताका रूपमा कीर्तिपुरमा सेमिफाइनल खेल्ने थियो ।