वैशाख २६, २०८२ शुक्रबार | १५:५४:५४
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

रोमाञ्चक खेलमा नेपाल ओमानसँग पराजित

काठमाडौं । घरेलु टोली नेपाल आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्ग समूह चरणको अन्तिम खेलमा ओमानसँग पाँच रनले पराजित भएको छ ।

पहिलो पराजयसँगै तीन खेलमा चार अंक जोडेको नेपाल समूह ‘ए’ बाट उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । तीनै खेलमा जित निकालेको ओमान ६ अंकका साथ समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्यो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा समेटियो ।

अन्तिम ओभरमा २६ रन चाहिएको अवस्थामा विवेश यादवले बिलाल खानलाई तीन चौका प्रहार गर्दै नेपालको आशा जिवित राखेकका थिए । तर उनी चौथो बलमा आयन खानबाट व्यक्तिगत ३९ रनमा  क्याच हुन पुगे । विवेकले २४ बलमा पाँच छक्का प्रहार गरे ।

यसैगरी नेपालका लागि कुशल भुर्तेलले २६, करण केसीले १५, सेमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२ तथा कुशल मल्लले १० रन बनाए ।

नवौैं विकेटका लागि विवेक र करणले ५४ रनको योगदान गरेका थिए ।  ओमानका लागि बिलाल खानले तीन, शकिल अहमद, मेहरान खान र अकिब इल्यासले समान दुई तथा जिशन मक्सुदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४५ रनको योगफलत तयार पारेको थियो ।

ओमानका लागि कप्तान जिशन मक्सुदले ३२, निशम खुशीले २४, प्रतिश अथवलेले २४ , शकिल अहमदले अविजित २२ र आयन खानले १८ रन बनाए ।

पाँचौं विकेटका लागि मक्सुद र खानले ४९ रनको साझेदारी गरेका थिए । नेपालका लागि करण केसीले तीन , सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई तथा गुल्शन झा र अविनाश बोहराले समान एक विकेट लिए ।

आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल्ने टोलीले आगामी वर्ष हुने ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछन् । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP