आइिससी एकदिवसीय विश्वकप

दक्षिण अफ्रिकाविरुद्ध फिल्डिङ गर्दै न्युजिल्यान्ड

काठमाडौं । न्युजिल्यान्डले भारतमा जारी आइिससी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

पुनेको महाराष्ट्र क्रिकेट संघको मैदानमा हुने खेलमा न्युजिल्यान्डका कप्तान टम लाथमले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा जित निकाल्दै दुवै टोली सेमिफाइनल सम्भावना कायम राख्न चाहन्छन् । न्युजिल्यान्ड ६ खेलमा ४ खेल जित्दै आठ अंकसहित तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका समान खेलबाट ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । त्यसैले पनि यो दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

विश्वकपमा आठ भिडन्तमा न्युजिल्यान्ड ६ र दक्षिण अफ्रिकाले दुई जित निकालेका छन् । सन् २०१९ को पछिल्लो भेटमा न्युजिल्यान्डले अन्तिम ओभरमा चार विकेटको जित निकालेको थियो ।