काठमाडौं । युवा ब्याटर कुशल भुर्तेलले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध सतक बनाएका छन् । चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर नेपालले सुरुआती ब्याटिङ गरिरहेको छ ।
तेस्रो नम्बर क्रिजमा आएका कुशल मल्लले ३४ बलमा सतक बनाएका हुन् । उनले ६ चौका र आठ छक्का प्रहार गरेका छन् । नेपालले १३.३ ओभरमा दुई विकेट गुमाएर एक सय ८९ रन बनाएको छ ।
यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए । कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गराएका छन् । ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए ।
कुशललाई क्रिजमा कप्तान रोहितकुमार पौडेलले २३ रन बनाएर साथ दिएका छन् ।
झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए ।
यसअघि मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो । मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो । यसअघि उसले कुनै पनि फम्र्याटको क्रिकेट खेलेको छैन ।
मंगोलियापछि नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपाली टोली कप्तान रोहितसँगै ओपनर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने छन् ।