
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र सागर ढकाल मंगलबार चीनमा जारी १९ औं एसियाली खेलकुदका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनीहरु दिउँसो १२ः३० बजेको फ्लाइटमार्फत चीन प्रस्थान गरेका हुन् । नेपाली टोली आइतबार नै चीन पुगेको छ । नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ ।
आइतबार बलात्कार मुद्दाको जिल्ला अदालत काठमाडौंमा पेशीको कारण सन्दीप टोलीसँग जान पाएका थिएनन् ।
सागरले ललितनारायण राजवंशीको स्थान लिएका हुन् । गत बुधबारअभ्यासका क्रममा घाइते भएपछि ललितले एसियाली खेलकुद गुमाएका भएका हुन् । भिसा समस्याको कारण सागर पनि टोलीसँग जान पाएनन् ।