काठमाडौं । श्रीलंकालाई १९ रनले हराउँदै भारतले आइतबार १९ औं एसियाली खेलकुदको महिला क्रिकेटमा स्वर्ण पदक जितेको छ ।
१ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि हासिनी परेराले २५, निलाक्क्षी डि सिल्भाले २३ र ओशादी रनासिंघेले १९ र कप्तान चमारी अथापथ्थुले १२ रन बनाए ।
भारतका लागि तितास साधुले ३, राजेश्वरी गायकवाडले २ तथा दिप्ती शर्मा, पूजा वस्त्राकर र देविक वैद्यले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ११६ रनको योगफल तयार पारेको थियो । भारतका लागि स्मृति मन्धनाले ४६ र जेमिमाह राड्रिगेजले ४२ रन बनाए ।
श्रीलंकाका लागि उदिषीका प्रबोधानी, सुगानदिका कुमारी र इनोका रनविराले समान दुई विकेट लिए ।
बंगलादेशले पाकिस्तानलाई ५ विकेट हराउँदै कांस्य जितेको थियो । महिला क्रिकेटमा नेपालले सहभागिता जनाएको थिएन ।
पुरुष टोलीले भने समूह चरणमा बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।