घरेलु टोली नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा सिंगापुरको सामना गर्ने भएको छ ।
यो खेल कार्तिक १३ (अक्टोबर ३०) मा हुनेछ । यसैगरी नेपालले कार्तिक १४ (अक्टोबर ३१) मा मलेसिया तथा कार्तिक १६ (नोभेम्बर २) मा ओमानसँग खेल्नेछ । नेपालका सबै खेल त्रिभुवन विश्वविद्यालयकको क्रिकेट मैदानमा हुनेछन् ।
सिंगापुर र ओमानसँगको खेल बिहान ९ बजे तथा खेल दिउँसो १ः १५ मा सुरु हुनेछ ।
प्रतियोगिता कार्तिक १३ देखी २० गते (अक्टोबर ३० देखी नोभेम्बर ५) सम्म मुलपानी र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।
समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने ए कटोली हुनेछन् ।
दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल पुग्ने टोली आगमी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी- २० विश्वकपका लागि छनोट हुनेछन् ।
एसिया क्षेत्र छनोट ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । प्रतियोगिता सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदैछ ।