एसिसी एसिया कप

एसिसी एसिया कपः भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसिसी एसिया कपको सुपर फोर खेलमा आइबार भारत र पाकिस्तान भिड्दै छन् । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ मा श्रीलंकाको आर प्रेमादाशा   क्रिकेट रंगाशालमा सुरु हुनेछ ।

समूह चरणमा यी दुईबीचको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान सुपर फोरमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।

भारत पनि पाकिस्तानलाई पराजित गर्दै सुपर फोरको सुरुआत सुखद बनाउने लक्ष्यमा छ ।