चैत्र १४, २०८१ बिहीबार | १६:५५:२०
नेपालीलाई एक खेल अगावै अभ्यास शृंखला अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा नेपालीलाई एक खेल अगावै अभ्यास शृंखला अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा

पाकिस्तान र अफगानिस्तानबीच एकदिवसीय शृंखला आजबाट

काठमाडौं । पाकिस्तानले अफगानिस्तानविरुद्धको तीन एकदिवसीय शृंखला आजबाट श्रीलंकामा खेल्दैछ । एसिया कप र विश्वकपअघि बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानको उत्कृष्ट तयारी हुने बुझाइ छ ।

मंगलबार कोलम्बोस्थित हाम्बान्तोतामा मैदानमा खेल नेपाली समयअनुसार सँवा ३ बजे सूरु हुनेछ । पाकिस्तानले समूह ‘ए’ मा नेपाल र भारतसँग एसिया कपमा खेल्नेछ । त्यसपछि टोली भारतमा अक्टोबर पाँचबाट सुरु हुने विश्वकपमा ध्यान केन्द्रित गर्न चाहन्छ ।

पाकिस्तान अफगानिस्तान यात्रामा रहेपनि शृंखला श्रीलंकामा हुन लागेको हो । अफगानिस्तानमा समेत सुरक्षाको चुनौती देखिएपछि शृंलखा सारिएको थियो ।

हामीलाई यो शृंखला विश्वकप र एसिया कपअघि राम्रो तयारी हुनेछ,’ कप्तान बाबरले भनेका छन् । एकदिवसीय क्रिकेटका नम्बर एक ब्याटर आजमलाई ओपनिङमा फखर जमान र इमामुल हाकले साथ दिनेछन् । यसैगरी बलिङतर्फ साहिद शाह अफ्रिदी र नसिम शाह तथा हरिस राउफ हुनेछन् ।

यता, अफगानिस्तानमा विश्व क्रिकेटका उत्कृष्ट स्पिनर रासिद खान छन् । अफगानिस्तानको कप्तानी हस्मतुल्लाह साहिदीले गर्नेछन् । टोलीमा नयाँ खेलाडी अबदुल रहमान, मोहम्मद सालिम साफि र वफादर मोहम्मद छन् ।  

‘अफगानिस्तान निकै राम्रो छ । उनीहरु राम्रो गरिरहेको छन् । हामीले कमजोर मान्न हुँदैन,’ आजमले भनेका छन् ।

सन २०१२ मा पाकिस्तानले अफगानिस्तानविरुद्ध चार खेलको शृंखला खेलेको थियो । पाकिस्तानले शृंखला ‘क्लिन स्विप’ गरेको थियो । 
 


भिडियो
चितवन सबै पक्षमा राम्रो छ II NABIN NEPAUNE: HEAD COACH FC CHITWAN
युवाको जोशमा सफलता खोज्दै POKHARA THUNDERS II NEPAL SUPER LEAGUE NSL
पोखरामा युवा खेलाडीको जोस छ II Nawayug ShresthaPlayer, Pokhara Thunders
एनएसएल मेरो लागि आफूलाई प्रमाणित गर्ने अवसर II Sameer Tamang Marquee, Pokhara Thunders
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET