सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा जोशी

काठमाडौं । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बाशुदेव जोशी निर्वाचित भएका छन् । शनिबार संघको दोस्रो साधारण सभाले अध्यक्षमा जोशीसहित १३ सदस्यीय कार्यसमिति नै निर्विरोध चयन गरेको हो ।

उपाध्यक्षमा रमेशबहादुर बोहोरा, सचिवमा लक्ष्मणदत्त भट्ट र कोषाध्यक्षमा दीनेशबहादुर सिंह चुनिएका छन् ।

यसैगरी सदस्यमा हरि रेग्मी, शेरसिंह खत्री, तेज कार्की, अनिल कुँवर, माया रावत साँउद, रमेशबहादुर चन्द, जोगबहादुर दौल्याल, बाबुराजा श्रेष्ठ र आशिषकुमार खत्री चयन भए । 

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय केन्द्रिय चुनाव असोज पहिलो साता हुँदैछ । त्यसअघि ४५ जिल्ला संघको निर्वाचन सकिँदा प्रदेश संघमा पदाधिकारी चयन भइरहेको छ ।

।