यू-१६ टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट  संघ (क्यान) ले २४ जुनदेखि मलेसियामा हुने एसिसी यू-१६ पूर्व क्षेत्रिय क्रिकेट प्रतियोगिताको लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

कोरोना महामारीपछि नेपाली यू-१६ टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । टोलीको प्रशिक्षण आइतबारदेखि सुरु हुने क्यानले जनाएको छ । 

प्रशिक्षणमा बोलाइएका खेलाडी

दीप भुजेल, कार्तिक कामत, सूर्यांशु कोइराला, सार्थक धिताल, सिब्रिन श्रेष्ठ प्रतिक पोखरेल, एलिस मण्डल, आषिश गाहा मगर, पप्पु यादव, निरज यादव, अभिषेक तिवारी, रोशन शाह,  रोशन बिक, अथर्व पौडेल, सोहेल कुँवर, विज्ञान पाण्डे, सन्तोष यादव, सागर गैरे, प्रतिक भट्टराई, नरेन भट्ट, अशोक धामी, भुपेश जोशी, आशिष लुहार, सचिन मल्ल