ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

नेपालले दियो मलेसियालाई एक सय ११ रनको लक्ष्य

काठमाडौं । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा घरेलु टोली मलेसियासामू एक सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ

वाइएसडी यूकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय १० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २७, ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।

मलेसियाको लागि निक नुर अतिलाले दुई तथा आइश्या एलिसा र विनीफ्रेड दुराईसिंगमले समान एक विकेट लिए ।

दुवै टोली जित निकाल्दै शृंखलामा २-१ को अग्रता लिन चाहन्छन् । पहिलो खेलमा मलेसिया पाँच तथा दोस्रो खेलमा नेपाल सात विकटले विजयी भएका थिए ।