विश्व टेस्ट च्याम्पियनसिप

विश्व टेस्ट च्याम्पियनसिपको पुरस्कार राशि सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ क्रिकेट  प्रतियोगिताको फाइनलअघि पुरस्कार राशि सार्वजनिक गरेको छ ।

अस्ट्रेलिया र भारतबीचको फाइनल खेल इङ्ल्यान्डको ओभल मैदानमा ७ जुनदेखि सुरु हुनेछ ।

च्याम्पियनसिपको विजेताले १६ लाख अमेरिकी डलर पाउनेछ । उपविजेताले आठ लाख अमेरिकी डलर पाउनेछ । 

सन् २०१९/२१ को पहिलो संस्करणको पुरस्कार रकममा कुनै परिवर्तन नगरिएको आइसिसीले जनाएको छ । दोस्रो संस्करणमा पनि कुल पुरस्कार राशि ३८ लाख डलर हुनेछ ।

टेस्ट च्याम्पियनसिपको पहिलो संस्करणमा भारतलाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन बनेको थियो ।

 टेस्ट च्याम्पियनसिपको शीर्ष नौ भित्र पर्ने राष्ट्रले पुरस्कार राशि प्राप्त गर्नेछन् ।  तेस्रो भएको दक्षिण अफ्रिकाले चार लाख ५० तथा चौथो स्थानमा रहेको इङ्ल्याण्डले तीन लाख लाख ५० हजार डलर पाउनेछन् ।

पाँचौं भएको श्रीलंकाले दुई त लाख प्राप्त गर्दा  छैटौं देखि नवौं स्थानमा रहेका क्रमशः साबिक विजेता न्युजिल्याण्ड, पाकिस्तान, वेस्ट इडिज र बंगलादेशले समान एक लाख डलर प्राप्त गर्नेछन् ।