चैत्र १८, २०८२ बुधबार | १५:०९:०५
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

शाइन रेसुङ्गा दाैड फागुन दोस्रो साता

प्रतियोगिताको बारेका जनाकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । शाइन रेसुङ्गा नेश्नल १० के  दाैड  फागुन ११ गते हुने भएको छ । आयोजक शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गरायाे ।

बुटवलमा हुने प्रतियोगितामा महिला/ पुरुष खुला , स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ । प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रियस्तरका खेलाडी सहभागी हुने खुला महिला/पुरुषतर्फका विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । १० किलोमिटर विधामा यो नेपालकै सर्वाधिक पुरस्कार रकम समेत हो ।

यसैगरी दोस्रोदेखि पाँचौं स्थान हासिल गर्नेले क्रमशः ४०, ३०, १५ र १० हजार रुपैयाँ पाउनेछन् ।

यता स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
इच्छुक सहभागीले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको वेबसाइटमा गएर निशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रिय कार्यालयमा समेत भौतिक रुपमा फारम गरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोक हुँदै केन्द्रिय कार्यालय परिसरमै पुगेर समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको  व्यवस्थापन कखरा इभेन्टले गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो