चैत्र ७, २०८२ शनिबार | २३:२६:०९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

प्रतियोगिताका पदक विजेता ।

पाटन । खुला ५ किलोमिटर दौडको पुरुषतर्फ मुकेशबहादुर पाल र  महिलातर्फ पुर्णलक्ष्मी न्यौपाने च्याम्पियन बनेका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा शुक्रबार रोटरी क्लब अफे यल, पाटनद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट १२.७५ सेकेन्डमा पूरा गरे ।

१५ मिनेट १५.०२ सेकेन्डको समय निकाल्दै सञ्जय श्रेष्ठ दोश्रो तथा १५ मिनेट ३०.८७ सेकेन्डका साथ सञ्जिव नेपाली तेश्रो भए ।

रत्नबहादुर खत्री चौथो, मिङमारसिंह तामाङ पाँचौं, धीरबहादुर बुढा छैटौं, सागर बुढाथोकी सातौं, सञ्जय राई आठौं, रणबहादुर रोका मगर नवौं र कर्णबहादुर रोकामगर १०औं स्थानमा रहे । सञ्जिव एपिएफ र मिङमार सिन्धुपाल्चोक तथा बाँकी नेपाल आर्मीका हुन् ।

एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्डका साथ दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्डको समय निकाल्दै  तेश्रो भए। तीनै खेलाडी आर्मीका हुन् ।

नेपाल प्रहरीकी सुमित्रा चौधरी, एपिएफकी आशा रावत, सोलुखुम्बुकी सुशान्त कार्की, स्वयम्भूकी सोनु घटानी, निला जिमी, ललितपुरकी मन्जु सुनुवार र सुन्दरीजलकी सम्झना राईले क्रमशः चौथोदेखि १०औं स्थानमा रहेर दौड टुंगाए ।

पुरुष/महिला दुवैमा शीर्ष चारमा रहनेले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी पाँचौंदेखि १०औं  स्थान हासिल गर्नेलाई प्रोत्साहन स्वरुप १ हजार रुपैयाँ प्रदान गरियो ।

दौडको  उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले संयुक्तरुपमा गरेका थिए ।

पाटन दरबार स्क्वायरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको दौडमा पुरुषतर्फ २१० तथा महिलातर्फ ४० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

प्रतियोगितामा केही विदेशी खेलाडीले पनि सहभागिता जनाएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो