माघ १५, २०८२ बिहीबार | १३:१४:१७
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

प्रतियोगिताका पदक विजेता ।

पाटन । खुला ५ किलोमिटर दौडको पुरुषतर्फ मुकेशबहादुर पाल र  महिलातर्फ पुर्णलक्ष्मी न्यौपाने च्याम्पियन बनेका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा शुक्रबार रोटरी क्लब अफे यल, पाटनद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट १२.७५ सेकेन्डमा पूरा गरे ।

१५ मिनेट १५.०२ सेकेन्डको समय निकाल्दै सञ्जय श्रेष्ठ दोश्रो तथा १५ मिनेट ३०.८७ सेकेन्डका साथ सञ्जिव नेपाली तेश्रो भए ।

रत्नबहादुर खत्री चौथो, मिङमारसिंह तामाङ पाँचौं, धीरबहादुर बुढा छैटौं, सागर बुढाथोकी सातौं, सञ्जय राई आठौं, रणबहादुर रोका मगर नवौं र कर्णबहादुर रोकामगर १०औं स्थानमा रहे । सञ्जिव एपिएफ र मिङमार सिन्धुपाल्चोक तथा बाँकी नेपाल आर्मीका हुन् ।

एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्डका साथ दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्डको समय निकाल्दै  तेश्रो भए। तीनै खेलाडी आर्मीका हुन् ।

नेपाल प्रहरीकी सुमित्रा चौधरी, एपिएफकी आशा रावत, सोलुखुम्बुकी सुशान्त कार्की, स्वयम्भूकी सोनु घटानी, निला जिमी, ललितपुरकी मन्जु सुनुवार र सुन्दरीजलकी सम्झना राईले क्रमशः चौथोदेखि १०औं स्थानमा रहेर दौड टुंगाए ।

पुरुष/महिला दुवैमा शीर्ष चारमा रहनेले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी पाँचौंदेखि १०औं  स्थान हासिल गर्नेलाई प्रोत्साहन स्वरुप १ हजार रुपैयाँ प्रदान गरियो ।

दौडको  उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले संयुक्तरुपमा गरेका थिए ।

पाटन दरबार स्क्वायरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको दौडमा पुरुषतर्फ २१० तथा महिलातर्फ ४० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

प्रतियोगितामा केही विदेशी खेलाडीले पनि सहभागिता जनाएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।