जेष्ठ ६, २०८२ सोमबार | ०७:१०:४१
साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो पुरुषोत्तम चौलागाईंलाई उपाधि चेल्सी महिला एफए कपको च्याम्पियन रोयल्सको दोस्रो जित बिएनए कपमा भ्याली पब्लिकलाई दोहोरो उपाधि राजस्थानविरुद्धको जितले पञ्जावको प्लेअफ सम्भावना बलियो रेलिगेसन नजिक टुसाल, मध्यपुरसहित पाँच टोलीले दोस्रो डिभिजनको हैसियत जोगाए मन्त्री चौधरीबाट कभर्डहल निरिक्षण र छड्के (फोटो फिचर) नेहाल बधेरा र शशांक सिंहको अर्धशतक, राजस्थानलाई २२० रनको लक्ष्य अन्तर्राष्ट्रिय पदक विजेता युवा टेबल टेनिस खेलाडीलाई प्रधानमन्त्रीको बधाइ साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो पुरुषोत्तम चौलागाईंलाई उपाधि चेल्सी महिला एफए कपको च्याम्पियन रोयल्सको दोस्रो जित बिएनए कपमा भ्याली पब्लिकलाई दोहोरो उपाधि राजस्थानविरुद्धको जितले पञ्जावको प्लेअफ सम्भावना बलियो रेलिगेसन नजिक टुसाल, मध्यपुरसहित पाँच टोलीले दोस्रो डिभिजनको हैसियत जोगाए मन्त्री चौधरीबाट कभर्डहल निरिक्षण र छड्के (फोटो फिचर) नेहाल बधेरा र शशांक सिंहको अर्धशतक, राजस्थानलाई २२० रनको लक्ष्य अन्तर्राष्ट्रिय पदक विजेता युवा टेबल टेनिस खेलाडीलाई प्रधानमन्त्रीको बधाइ

‘दशौंमा दश इभेन्ट’ बिहीबारदेखि सुरु हुने

बाँके । धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करणलाई विशेष बनाउने उदेश्यले ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ ।

असोज ३ गते नेपालमै पहिलो पटक नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गरेर इभेन्ट सुरु हुनेछ ।

त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गतेदेखि हरेक शनिबार ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ । पहिलो चरणमा नेपालगन्जको वाटरपार्क, कोहलपुरको १० विगाहा मैदान र खजुराको शुक्र रंगशलालाई चयन गरिएको छ । यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ ।

प्रोत्साहन गर्न १० हप्ता, २५ हप्ता, ५० हप्ता र एक सय हप्तामा पुरस्कृत गरिनेछ । निरन्तर सहभागी भइ १०० हप्ता पुरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय दौड कार्यक्रममा सहभागी गराइनेछ । 
बाँके जिल्ला एथलेटिक्स संघले साप्ताहिक दौडमा साझेदारी गर्नेछ । कोहलपुरमा बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष एवं निर्णायक राजेन्द्र शाही, प्रशिक्षक हृदयकृष्ण मास्के र मोहन ओलीलाई जिम्मेवारी दिइएको छ ।

नेपालगन्जमा चाहना शाह र गगन थापाले संयोजन गर्नेछन् भने खजुरामा डिबी तामाङ, सुमन बस्नेत र चन्द्रबहादुर रानाले साप्ताहिक रनको संयोजन गर्नेछन् ।
 

वर्षभरी हरेक शनिवार हुने साप्ताहिक रन कार्यक्रममा बेलाबेलामा उत्प्रेरक व्यक्तित्व(सेलिब्रिटी)लाई समेत उपस्थित गराइनेछ ।

१०औं धारा नेपालगन्ज म्याराथनलाई लक्षित गरी खेल संस्कृतिलाई बढावा दिन स्कुल कलेजमा असोज दोस्रो सातादेखि लेक्चर सिरिज सञ्चालन गरिंदैछ । ओलम्पिकको विश्वव्यापी मुल्यमान्यता, शान्ति र एकताका लागि खेलकुदको भुमिकाका बारेमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरी यो कार्यक्रम अघि बढाइनेछ । 

यसका लागि युथ ओलम्पिक एम्बेस्डर चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ । चाहना नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजर हुन् ।

यसैगरी गौघाट ग्रिन रन असोज अन्तिम वा कार्तिक पहिलो साता गर्ने तयारी छ । यसका लागि डिबी तामाङलाई संयोजक तोकिएको छ । मंसिर ५ गते कोहलपुर चौराह र बिपी चोकमा दीप प्रज्वलन हुनेछ ।

मंसिर २१ र २२ मा म्याराथन एक्स्पो सञ्चालन हुनेछ । जहाँ सहभागी खेलाडीले आफ्नो किट्स सहजै लिन पाउने व्यवस्था मिलाइनेछ । विभिन्न उपभोग्य सामग्रीका स्टल रहने छन् ।। एक्स्पोका क्रममा पहिलोदेखि नवौं संस्करणसम्मका उत्कृष्ट फोटो प्रदर्शनी गरिनेछ ।

नेपालगन्ज कनक्लेव दुई दिने हुनेछ । कनक्लेवका क्रममा पहिलोदेखि १०औं संस्करणसम्म आइपुग्दा विशेष सहयोग गर्ने व्यक्ति, संघसंस्था तथा नेपाली खेलकुदको विकासमा महत्वपुर्ण योगदान दिएका व्यक्तित्वलाई ‘दशक रत्न सम्मान’ प्रदान गरिनेछ ।

यसैगरी इभेन्टको १०औं तथा अन्तिम कार्यक्रमका रूपमा मंसिर २२ गते बिहान धारा नेपालगन्ज म्याराथनको १०औं संस्करण गरिनेछ । म्याराथनमा सहभागी सम्पुर्णलाई इलेक्ट्रोनिक विव र पदक दिने आयोजकको तयारी छ ।

२०७२ सालदेखि हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले तीन मंसिर २२ गते शनिवार हुन लागेको हो ।

म्याराथन क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुनेछ । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP