असार २०, २०८२ शुक्रबार | १६:१८:३९
निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो

अन्नपूर्ण म्याराथन जेठ २० गते हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा पाँचौं अन्नपूर्ण म्याराथन जेठ २० गते हुने भएको छ ।

विशेषतः सन् १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८००० मिटरभन्दा अग्ला हिमाल आरोहणको विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रूपमा मनाउने गरिन्छ ।  सोही दिनको सम्झनामा म्याराथन हुन लागेको हो ।

समितिले प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी) को अन्नपूर्ण म्याराथन गर्दै आएको छ । २०७५ सालदेखि  सुरु म्याराथनका दुई संस्करण कोभिड १९ का कारण हुन नसकेको थिएन । २०८० साल देखि यो प्रतियोगिता पुनः सुरु गरिएको हो ।

अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक पुगेर समापन हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क पुरुषतर्फ ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।

महिला तथा पुरुष दुवैतर्फका शीर्ष तीनले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार  रुपैयाँका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विदेशी र स्थानीय धावकाका लागि प्रोत्साहन  स्वरुप विशेष पुरस्काको व्यवस्था गरिएको छ । 


भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING