असार ७, २०८२ शनिबार | १०:१९:२४
‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ दक्षिण अफ्रिकाको यात्रा चोकर्सदेखि च्याम्पियनसम्म स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ दक्षिण अफ्रिकाको यात्रा चोकर्सदेखि च्याम्पियनसम्म स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान

१०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

गोल्डेन एथलेटिक्स मिटका पदक विजेता

काठमाडौं । एपिएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको १०० मिटर दौडमा सोमबार स्वर्ण पदक जितेका छन् । शिवराज पुरुष र निशा महिलामा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शिवले निर्धारित दूरी ११.० सेकेन्डमा तय गरे । नेपाल आर्मीका उपेन्द्र सुनार दोश्रो तथा नेपाल प्रहरीका अरुण महतो तेश्रो स्थानमा रहे ।

यसैगरी निशाले निर्धारित दूरी तय गर्न १२.५ सेकेन्ड लगाइन्। आर्मीका जयरानी थारु दोश्रो तथा सरस्वती चौधरीले तेश्रो स्थान हासिल गरे ।

एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत हाइजम्पको पुरुषमा आर्मीका सूर्यबहादुर खत्रीले  १.७०मिटर तथा महिलामा विन्दु थनेतले १.३८ मिटरका साथ स्वर्ण  पदक चुमे ।

१० हजार मिटर दौडको पुरुषमा आर्मीका सञ्जय श्रेष्ठ ३२ मिनेट ०९.१ सेकेन्डर महिलामा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने ४० मिनेट ४३१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक हात पार्न सफल भए ।

यस्तै १ हजार ५०० मिटर दौडको पुरुषमा प्रहरीका नागेश्वर ऐरले ४ मिनेट १०.१ सेकेन्ड र महिलामा प्रहरीकी सुमित्रा चौधरीले ५ मिनेट ०१.९० सेकेन्डका साथ स्वर्ण पदक जिते ।

त्रिपलजम्पको पुरुषमा आर्मीका डिल्ली खत्री १३.८५ मिटर र महिलामा प्रहरीकी सिमाकुमारी चौधरी १.०० मिटर, ४०० मिटर दौडको पुरुषमा आर्मीका प्रकाश दनुवार ४९६१ सेकेन्ड र महिलामा आर्मीकी सरस्वती थारु ६०.८१ सेकेन्डको समय निकाल्दै पहिलो स्थानमा रहे ।

यसैगरी ११० मिटर बाधा दौडको पुरुषमा आर्मीका जीवन थारुले १५.६३ सेकेन्ड, १०० मिटर बाधा दौडको महिलामा आर्मीकी जयरानी थारु १५.१६ सेकेन्ड तथा डिस्कस थ्रोको पुरुषमा आर्मीका विनोद राई ३८.६७ मिटर र महिलामा आर्मीकै अमृता महतो ३४.४६ का साथ स्वर्ण पदक जित्न सफल भए ।

भेट्रान पुरुषको ५ हजार मिटर दौडमा रेवनबहादुर दाहाल तथा महिलाको ३ हजार मिटर दौडमा शर्मिला बस्नेत पहिलो स्थानमा रहे ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरे ।

५२ स्पर्धा समावेश प्रतियोगितामा ५७५ खेलाडीको सहभागिता रहेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team