फाल्गुन ३, २०८२ आइतबार | १४:३२:५४
नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद

जुलियस र सन्तोषी च्याम्पियन

महिलातर्फको च्याम्पियन सन्तोषी श्रेष्ठलाई ट्रफी प्रदान गरिदै ।

काठमाडौं । नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी पार गरे  त्रिभुवन आर्मी क्लबका विनोद रोकाया  १ घण्टा १७ मिनेट ११ सेकेन्डका साथ दोस्रो र सुशील केसी १ घण्टा १८ मिनेट ५१ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

महिलातर्फ सन्तोषीले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डको समय निकालिन् । आर्मीकी नीशा सार्की १ घन्टा ३२ मिनेट ३१ सेकेन्डमा दोस्रो तथा एपिएफकी पुष्पा भण्डारी १ घण्टा ३८ मिनेट ०९ सेकेन्डका साथ तेस्रो भए ।

दुवैतर्फका शीर्ष तीनले १ लाख,  ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरे ।

५ किलोमिटर अन्तर्गत यु-१८ ब्वाइजमा अजय पाण्डे १७ मिनेट १२ सेकेन्डका साथ पहिलो स्थानमा रहे । सन्दीप सेन्चुरी १७ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो  अमृत विश्वकर्मा उनले १८ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।

साेही स्पर्धाकाे गर्ल्समा २१ मिनेट ४७.६६ सेकेन्डको समय निकाल्दै अस्मिता भुजेल पहिलो भइन् । भगवती खड्का दोस्रो र आयुष्मा आचार्य तेस्रो भए। भगवतीले २२ मिनेट २७ दशमलव ८७ सेकेन्डमा र आयुष्माले २३ मिनेट ३०। ७८ सेकेन्डमा दौड पूरा गरेका थिए ।

भेट्रान ५ किलोमिटर पुरुषमा धर्म महर्जन, लेप्सङ तामाङ र रामचन्द्र श्रेष्ठ तथा माहिलामा  शर्मिला बस्नेत,  कल्पना महर्जन र केशरी थापामगर शीर्ष तीनमा रहे ।

५ किलोमिटर यु-१८ र भेट्रान दुवैतर्फको विजेताले १०, उपविजेताले ६ र तेस्रो हुनेले ३ हजार रुपैयाँ प्राप्त गरे ।

२५ किलोमिटरको रेस दशरथ रंगशालाबाट सुरु भएर कुपण्डोल, पाटन कृष्ण मन्दिर, ग्वार्को, तीनकुने एयरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, हाक्तीसार, लैनचौेर, स्वयम्भु ताहाचल, वसन्तपुर हुँदै दशरथ रंगशालामा  टुंगिएको थियो।

 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।