चैत्र १८, २०८२ बुधबार | ०८:०४:३०
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

एकहप्ते वाल क्लाइम्बिङ सम्पन्न

काठमाडौं । स्पोर्टस क्लाइम्बिङ खेललाई प्रवर्धन गर्ने उद्देश्यका साथ राजधानीमा भएको एकहप्ते वाल क्लाइम्बिङ अभ्यास शुक्रबार सम्पन्न भएको छ ।

अभ्यासमा सगरमाथाको सफल आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले एक हप्तासम्म विभिन्न क्षेत्रका महिलाहरुलाई राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोर्टस क्लाइम्बिङ प्रशिक्षण गराएकी थिइन् ।

‘सँस्कृति र साहससँंगसँगै’ भन्ने नाराका साथ एकहप्ते ‘तीज अन दी वाल’ कार्यक्रमको क्रममा महिलाहरुलाई क्लाइम्बिङ गराइएको हो । शुक्रबार अन्तिम दिन महानगरीय प्रहरी परिसर ललितपुरका महिला प्रहरीहरुले क्लाइम्बिङ गरेका थिए ।

पहिलो दिन भने प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल गरिएको हो । कार्यक्रम न्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराइएको थियो ।

कार्यक्रम माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो ।

वाल क्लाइम्बिङ खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको सगरमाथा आरोही महर्जनले जनाइन् । यसअघि पहिलो दिनको उद्घाटन कार्यक्रम नेशनल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनका अध्यक्ष हरि धरलेले गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो