चैत्र ६, २०८२ शुक्रबार | ०२:४४:३८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

सगरमाथा आरोही ओलम्पियन सब्रिना राखेपमा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी अस्ट्रियाकी ओलम्पियन जुडो खेलाडी डा.सब्रिना फिल्जमोसरले शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेकी छिन् ।

गत मे १६ मा सगरमाथाको सफल आरोहण गरेकी सब्रिनाले यही अवसरमा राखेपमै पुगेर सदस्यसचिव घिसिङसँग भेटेकी थिइन । सब्रिनासँगै उनको भ्रमण दलमा रहेका अन्तर्राष्ट्रिय जुडो महासंघका सञ्चार निर्देशक निकोलस पनि राखेप पुगेका थिए ।

भेटको अवसरमा सदस्यसचिव घिसिङले सफलतापूर्वक सगरमाथा आरोहण गरेकोमा सब्रिनालाई बधाइ दिँदै यसबाट खेलाडीले खेल्नुका साथै अन्य चुनौतीपूर्ण कार्य पनि गर्न सक्छन् भन्ने सन्देश मिलेको बताए । सब्रिनाले आफ्नो यात्राका बारेमा सदस्यसचिव घिसिङलाई जानकारी गराइकी थिइन् ।

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको सुन्य उचाईबाट सुरु गरेकी थिइन् । त्यहाँदेखी सगरमाथा आधार सिविरसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरेकी थिइन् । त्यो यात्रामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता साइक्लिस्ट लक्ष्मी मगर र अर्का साइक्लिस्ट हर्कबहादुर तामाङले सब्रिनालाई सहयोग गरेका थिए ।

बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी सब्रिनाले विश्व च्याम्पियनसिपमा दुई पटक कांस्य पदक जितेकी छिन् । युरोपियन च्याम्पियनसिपमा भने उनले दुई स्वर्णसहित १० पदक जितेकी छिन् । सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् । सब्रिना जुन ८ तारिखमा स्वदेश फर्किदै छिन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो