माघ ३, २०८२ शनिबार | १८:५१:५८
एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो

धुलिखेलमा मोटर स्पोर्टस एकेडेमी सुरु

काठमाडौं, (खेलाडी)- नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले काभ्रे पलाञ्‍चोकको धुलिखेलमा मोटर स्पोर्टस एकेडेमी सुरु गरेको छ । 

धुलिखेल नगरपालिका तथा अल्टिमेट हिमालयन मोटरल्यानडको समेत सहकार्यमा धुलिखेलको हिमालयन मोटरल्यान्डमा सुरु गरिएको एकेडेमीको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यन्जु श्रेष्‍ठले उद्घाटन गरे ।

उद्घाटन समारोहमा नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले एकेडेमीको सुरुआतले नेपालको मोटर स्पोर्ट्समा नयाँ आयाम थपिने विश्‍वास व्यक्त गर्दै नासा नेपालको एक दशकभन्दा लामो संघर्षको यात्रामा यो एउटा ठूलो उपलब्धि भएको बताए । 

एकेडेमीले ड्राइभर/राइडर तयार, खेल लाइसेन्स वितरण, गर्ल अन दी ट्रयाक लगायतका अभियानहरुलाई वार्षिक कार्यक्रमका रुपमा समावेश गरेर अघि बढ्ने उपाध्यक्ष बरालले जानकारी गराए ।  

नासा नेपालका सदस्य तथा अल्टिमेट हिमालयन मोटर ल्याण्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले कोभिड १९ को महामारीले सिथिल पारेको मोटर ल्यान्ड छिट्टै नै विभिन्‍न प्रदेश तथा राष्‍ट्रिययस्तरका खेल कार्यक्रमका साथ अघि बढ्ने बताए ।

कार्यक्रममा नासाका सचिव निरज खड्काले  नगरपालिकाबाट प्राप्त सहयोगको लागि धन्यबाद दिँदै धुलिखेललाई खेल पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे  । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate