माघ २९, २०८२ बिहीबार | ०९:११:५३
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक

प्रायोजन सम्झौता आदान प्रदान हुँदै ।

काठमाडौं । अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा युकेका पूर्व अध्यक्ष लेफ्टिनेन्ट (अवकास प्राप्त) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगितामा खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् ।

पर्वत जिल्लामा जन्मिएका गुरुङले प्रथम पुरस्कार बापत ५० हजार रुपैयाँ आयोजक पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान भएको थियो । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा आयोजना गर्न सुझाव दिए ।

‘कामको सिलसिलामा विदेशमा भए पनि जन्मभूमि र खेल पर्यटनको विकासमा योगदान दिन पाउँदा खुसी लागेको छ,” गुरुङले भने ।

पूर्व अध्यक्ष थकालीले गुरुङको सहयोगलाई ‘प्रशंसनीय र प्रेरणादायी’ भन्दै खेलकुदमार्फत् अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राख्न गुरुङको योगदान अविस्मरणीय रहेको बताए। प्रतियोगिताका संयोजक बरालले विदेशबाटै पहिलो पटक प्रथम पुरस्कार प्रायोजन भएकाले थप प्रोत्साहन मिलेको धारणा राखे ।

सम्झौता हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवराज बराल, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितको उपस्थित थिए ।  

लगातार तीन पटक मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथनको विजेता  कुसाङले एभरेस्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको प्रतिनिधित्व गरेका छन् ।

प्रायोजक कुसाङ गुरुङ ।

असोज ४ गते हुने प्रतियोगितामा यस पटक पुरस्कार रकममा वृद्धि गरिएको छ । गत वर्ष शीर्ष ६ धावकलाई  ६८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने यस वर्ष १८ जनलाई २ लाख ६ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५० हजार रुपैयाँ गर्नेछन् । यस्तै, दोस्रोदेखि पाँचौंलाई क्रमशः ३० हजार, १५ हजार, ६ हजार र ३ हजार प्रदान गरिनेछ ।

यता छैटौं देखि १०औं स्थानमा रहनेले जनही १ हजार रुपैयाँ पाउने छन् । गत वर्ष खुलातर्फका शीर्ष तीनलाई क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसैगरी, वडास्तरीय खुला, महिला र यु-१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता ७ हजार रुपैयाँ पाउने भएका छन् ।

प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।

भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं