मंसिर १९, २०८२ शुक्रबार | २१:५७:३१
नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः रश्मीको गोलमा पहिलो हाफमा नासरिनविरुद्ध एपिएफलाई अग्रता जित्नैपर्ने खेलमा लुम्बिनीलाई जनकपुरको सामान्य लक्ष्य साफ महिला क्लब च्याम्पियनसिपः बराबरीमा रोकिए कराँची र ट्रान्सपोर्ट लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः रश्मीको गोलमा पहिलो हाफमा नासरिनविरुद्ध एपिएफलाई अग्रता जित्नैपर्ने खेलमा लुम्बिनीलाई जनकपुरको सामान्य लक्ष्य साफ महिला क्लब च्याम्पियनसिपः बराबरीमा रोकिए कराँची र ट्रान्सपोर्ट लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण

त्रिशुली अल्ट्रा रेस चैत २३ मा

प्रतियोगिताको बारेमा जानकरी दिन आयोजित पत्रकार सम्मेलन, तिस्वरः राखेप ।

काठमाडौं । नेपाल एडभेन्चर रनिंग महासंघको आयोजनामा त्रिुशली अल्ट्रा रेस चैत २३ गते हुने भएको छ । आइतबार नुवाकोटको विदुर नगरपालिकामा महासंघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दियो ।  

महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरका अनुसार प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोग रहने प्रतियोगितामा राष्ट्रिय, अन्तराष्ट्रिय र स्थानीय गरि ३०० खेलाडीले सहभागिता जनाउने छन् ।

महिला/पुरुष गरी दुई विधामा सञ्चालन हुने, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौंदेखि दशौंसम्म हुनेले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नुवकोटको बेलकोटगढीस्थित निरन्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिढीबाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरवार, दारीगौडा, फलाटे, डाँडागाउँ, गेर्खु शान्ती कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशुली अस्पताल, पञ्चकन्या मन्दिर सिढी, चारघरे, रनभुवेश्वरी स्कुल, देवीघाट पुल हुँदै देवीघाट बजारमा पुगेर समाप्त हुने बताइएको छ ।

प्रतियोगितामा सहभागिताका लागि  नेपाल एडभेन्चर रनिंग महासंघ सातदोबाटो, नुवकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युथा क्लब, होटल जनक त्रिपुरेश्वर र अनलाइनमार्फत नाम दर्ता गर्न सकिने छ ।

कार्यक्रमलाई बेलकोटगढी नगरपालिका, बिदुर नगरपालिका, लिखु गाउँपालिका, सुर्यगढी गाउँपालिका, उत्तरगाया गाउँपालिका, नुवकोट जिल्ला खेलकुद विकास समिति, रसुवा जिल्ला खेलकुद विकास समितिले सहयोग गरेको प्रतियोगिता संयोजक राजन खत्रीले जानकारी दिए ।  

प्रतियोगिता आयोजनाका लागि ३२ लाख ५१ हजार रुपैयाँ खर्च लाग्ने र उक्त रकम बागमती प्रदेश तथा नीजि क्षेत्रको सहयोगमा जुटाउने महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा नुवाकोट जिल्ला विकास समितिका अध्यक्ष विजय गुरुङ, रसुवा जिल्ला विकास समितिका अध्यक्ष विराज लोप्चन, नेपाल एडभेन्चर रनिङ महासंघका सचिव रबिन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas