चैत्र ६, २०८२ शुक्रबार | ०२:४५:००
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

नेपाली राइडर शाह रोयल इन्फिल्ड क्लासमा च्याम्पियन

हिमालयन एक्स्ट्रिम मोटर स्पोर्टसका प्रमूख एवं १२ पटकका रेड डी हिमालय विजेता सुरेश रानाबाट ट्रफी थाप्दै विजेता दीपक शाह । तस्बिर सौजन्यः अल्फा अटोमोटिभ

काठमाडौं । नेपाली राइडर दीपक शाह भारतमा सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड क्लासमा च्याम्पियन भएका छन् ।

रोमाञ्चक अफरोड मोटर स्पोर्टस इभेन्टको रुपमा लिइने यो र्यालीमा चुनौतीपूर्ण अप्ठ्यारा भू-भाग, अप्रत्यासित मौसम र हिमालयन मार्गहरुको सामना गर्नुपर्छ । र्याली असोज १६ देखि २० गतेसम्म भएको थियो ।

भारतको हिमाञ्चल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा र्याली आयोजना गरिएको थियो । र्यालीको रुटमा ४ हजार ५५१ मिटरसम्म उचाईको कुन्जुम पाससमेत पार गर्नुपर्छ ।

विजेता शाहले हिमालयन एक्स्ट्रिम मोटर स्पोर्टसका प्रमूख एवं १२ पटकका रेड डी हिमालय विजेता सुरेश रानाबाट विजेता ट्रफी थापे । सो क्रममा राइडर साहले ढाका टोपी लगाउनुका साथै नेपालको राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।

विश्व मोटरसाइकल फेडरेसन (एफआइएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्टस क्लब अफ इन्डिया (एफएमएससिआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआइएम तथा एफएमएससिआईको नियमअनुसार सञ्चालन हुन्छ । सो र्यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टिएसडी) का आधारमा विजेताको चयन गरिन्छ ।

शाहले नेपालको प्रतिनिधित्व गर्दै च्याम्पियन हुनुले देशमा मोटर स्पोर्टसप्रति बढ्दो प्रतिभा र उत्साहलाई थप प्रवर्धन गर्ने अल्फा अटोमोटिभले विश्वास लिएको छ । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका शाहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ)ले बधाई ज्ञापन गर्ने अवसरमा यस्तो विश्वास व्यक्त गरिएको हो ।

संशारभरका शीर्ष राइडरहरुका लागि आफ्नो सिप र मेसिनको क्षमतालाई कठिन भूगोलमा परिक्षण गर्ने तथा साहस, मित्रता र प्रकृतिसँगको गहिरो सम्बन्ध स्थापित गर्ने आकर्षक थलोको रुपमा लिइने अन्तर्राष्ट्रिय इभेन्ट र्याली अफ हिमालयाजलाई राइडरको शारीरिक र मानसिक क्षमताको परिक्षण गर्ने प्रतियोगिताका रुपमा पनि स्वीकारिन्छ ।

‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्व गर्दै च्याम्पियन बन्न सफल भएकोमा गौरवको महशुष गरिरहेको छु । रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा मलाई हिमालयको चुनौतीपूर्ण भू-भागको सामना गर्न बेग्लै आत्मविश्वास प्राप्त हुन्छ । म आफ्नो देशलाई मोटर स्पोर्टसबाट विश्वभर चिनाउन चाहन्छु’ सुरुदेखि योल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका शाहले भने ।

सन् २०१७ र २०१८ मा रेड डी हिमालय तथा २०२२ मा र्याली अफ चाम्बामा सहभागी भएका शाह रोयल इन्फिल्ड क्याटेगोरीमा सन् २०१८ को रेड डी हिमालय र र्याली अफ चाम्बामा च्याम्पियन भएको अल्फा अटोमोटिभकी ब्राण्ड एन्ड कम्युनिकेसन अफिसर युक्ता बंशलले जानकारी गराइन ।  

शाहसिक यात्राका लागि बनाइएको रोयल इन्फिल्ड हिमालयन ४११ अफरोड, लामो दूरीको यात्रा र हाई अल्टिच्युडका लागि उपयुक्त मानिन्छ । निरन्तर उत्पादनमा रहेकामध्ये संशारको सबभन्दा पूरानो मोटरसाइकल ब्राण्ड रोयल इन्फिल्डको हिमालयन ४११ सबै प्रकारका भू-भागका लागि उपयुक्त मानिन्छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो