पुस २०, २०८२ सोमबार | ०८:००:३९
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

नेपाली राइडर शाह रोयल इन्फिल्ड क्लासमा च्याम्पियन

हिमालयन एक्स्ट्रिम मोटर स्पोर्टसका प्रमूख एवं १२ पटकका रेड डी हिमालय विजेता सुरेश रानाबाट ट्रफी थाप्दै विजेता दीपक शाह । तस्बिर सौजन्यः अल्फा अटोमोटिभ

काठमाडौं । नेपाली राइडर दीपक शाह भारतमा सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड क्लासमा च्याम्पियन भएका छन् ।

रोमाञ्चक अफरोड मोटर स्पोर्टस इभेन्टको रुपमा लिइने यो र्यालीमा चुनौतीपूर्ण अप्ठ्यारा भू-भाग, अप्रत्यासित मौसम र हिमालयन मार्गहरुको सामना गर्नुपर्छ । र्याली असोज १६ देखि २० गतेसम्म भएको थियो ।

भारतको हिमाञ्चल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा र्याली आयोजना गरिएको थियो । र्यालीको रुटमा ४ हजार ५५१ मिटरसम्म उचाईको कुन्जुम पाससमेत पार गर्नुपर्छ ।

विजेता शाहले हिमालयन एक्स्ट्रिम मोटर स्पोर्टसका प्रमूख एवं १२ पटकका रेड डी हिमालय विजेता सुरेश रानाबाट विजेता ट्रफी थापे । सो क्रममा राइडर साहले ढाका टोपी लगाउनुका साथै नेपालको राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।

विश्व मोटरसाइकल फेडरेसन (एफआइएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्टस क्लब अफ इन्डिया (एफएमएससिआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआइएम तथा एफएमएससिआईको नियमअनुसार सञ्चालन हुन्छ । सो र्यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टिएसडी) का आधारमा विजेताको चयन गरिन्छ ।

शाहले नेपालको प्रतिनिधित्व गर्दै च्याम्पियन हुनुले देशमा मोटर स्पोर्टसप्रति बढ्दो प्रतिभा र उत्साहलाई थप प्रवर्धन गर्ने अल्फा अटोमोटिभले विश्वास लिएको छ । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका शाहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ)ले बधाई ज्ञापन गर्ने अवसरमा यस्तो विश्वास व्यक्त गरिएको हो ।

संशारभरका शीर्ष राइडरहरुका लागि आफ्नो सिप र मेसिनको क्षमतालाई कठिन भूगोलमा परिक्षण गर्ने तथा साहस, मित्रता र प्रकृतिसँगको गहिरो सम्बन्ध स्थापित गर्ने आकर्षक थलोको रुपमा लिइने अन्तर्राष्ट्रिय इभेन्ट र्याली अफ हिमालयाजलाई राइडरको शारीरिक र मानसिक क्षमताको परिक्षण गर्ने प्रतियोगिताका रुपमा पनि स्वीकारिन्छ ।

‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्व गर्दै च्याम्पियन बन्न सफल भएकोमा गौरवको महशुष गरिरहेको छु । रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा मलाई हिमालयको चुनौतीपूर्ण भू-भागको सामना गर्न बेग्लै आत्मविश्वास प्राप्त हुन्छ । म आफ्नो देशलाई मोटर स्पोर्टसबाट विश्वभर चिनाउन चाहन्छु’ सुरुदेखि योल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका शाहले भने ।

सन् २०१७ र २०१८ मा रेड डी हिमालय तथा २०२२ मा र्याली अफ चाम्बामा सहभागी भएका शाह रोयल इन्फिल्ड क्याटेगोरीमा सन् २०१८ को रेड डी हिमालय र र्याली अफ चाम्बामा च्याम्पियन भएको अल्फा अटोमोटिभकी ब्राण्ड एन्ड कम्युनिकेसन अफिसर युक्ता बंशलले जानकारी गराइन ।  

शाहसिक यात्राका लागि बनाइएको रोयल इन्फिल्ड हिमालयन ४११ अफरोड, लामो दूरीको यात्रा र हाई अल्टिच्युडका लागि उपयुक्त मानिन्छ । निरन्तर उत्पादनमा रहेकामध्ये संशारको सबभन्दा पूरानो मोटरसाइकल ब्राण्ड रोयल इन्फिल्डको हिमालयन ४११ सबै प्रकारका भू-भागका लागि उपयुक्त मानिन्छ ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA