काठमाडौं । नेपालकी प्रिया राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिपको महिलातर्फ स्वर्ण जितेकी छन् ।
मलेसियाको सबाहमा भएको प्रतियोगितामा निर्धारित ७८ किलोमिटर दूरी प्रियाले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् ।
सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिइन् । ३यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङफुर्वा शेर्पा २२औं स्थानमा रहे ।
पुरुष ७८ किलोमिटर दूरीमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङराईले १०औं, लोकेन्द्र राईले १४औं, फुर्पासिंह तामाङले २२औं र मिलन राईले २७औं स्थान हासिल गरे ।
नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ ।
भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video