चैत्र १२, २०८२ बिहीबार | १३:१०:०१
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

प्रथम हाइ अल्टिच्युट रसुवा माउटेन्ट बाइक च्यालेन्ज मंसिर तेस्रो साता

काठमाडौं । प्रथम हाइ अल्टिच्युट रसुवा माउटेन्ट बाइक च्यालेन्ज प्रतियोगिता मंसिर १८ गते हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिष्द, बागमती प्रदेश तथा जिल्ला साइक्लिङ संघ रसुवाको संयुक्त आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ इलिट जुनियर र मास्टर तथा महिलातर्फ इलिट विधामा प्रतिस्पर्धा हुनेछ । 

साहसिक खेलकुदको विकास तथा रसुवामा पर्यटन प्रवर्धन गर्ने मुल उद्देश्यका साथ हुन लागेको प्रतियोगितामा एक सय ५० खेलाडीको सहभागिता रहने जिल्ला साइक्लिङ संघका अध्यक्ष दावा तामाङले बताए । सो प्रतियोगितामा विदेशी खेलाडी पनि सहभागी हुनसक्ने तामाङले जनाए ।

प्रतियोगिता कालिका गाउँपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भई घुम्तिबजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी हुँदै गणेश हिमाल र त्रिशुलीको रमणीय दृश्यसँगै नौकुण्ड गाउँपालिका लोकिल, आरुखर्क, गोर्मु, किमार्जोङ, खाल्चेत, जिवजिवे हुँदै ३५ किमि पार गरेर कालिका हिमालय क्याम्पसमा पुरा हुनेछ । 

इलिटतर्फ प्रथमदेखि दशौं स्थान हासिल गर्ने खेलाडीले क्रमशः ४० हजार, २० हजार, १५ हजार, सात हजार, ६ हजार, पाँच हजार, चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैंया प्राप्त गर्नेछन् । 

साथै मास्टर र जुनियरतर्फको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैंया प्राप्त गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो