माघ १५, २०८२ बिहीबार | १७:५५:१८
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

बागमती नदीमा र्याफ्टिङ हुने

बागमतीमा हुने र्याफ्टिङको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन

काठमाडौं । र्याफ्टिङ खेल प्रवर्धन गर्ने तथा बागमती नदिलाई स्वच्छ राख्ने उद्देश्यले र्याफ्टिङ र्याली हुने भएको छ ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार र्याफ्टिङ हुन लागेको हो । 

जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा हामी सँगसँगै सहकार्य गरौं भन्ने नारा लिएरा र्याफ्टिङ र्याली गर्ने लागिएको बतायो ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलदेखि सुरु भएको र्याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।

जिल्ला समन्वयन समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित दश वटै स्थानीय निकायले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए । 

कुल ४५ वटा डुङ्गाले सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ । प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी ६ जना हुने नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

बिहान ७ः३० देखि सुरु भएको यात्रा साँझ ५ः३० सम्म सञ्चालन हुनेछ । यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म  आठ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ । त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर  र्याफ्टिङ हुनेछ । सोही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिने छ ।

त्यस्तै अन्तिम चेक पोइन्ट एल्लो ब्रिजदेखि आठ किलोमिटरको यात्रा चोभारमा गएर टुङ्गिने आयोजक जिल्ला समन्वयन समिति, काठमाडौंले जनाएको छ । 

आयोजक जिल्ला समन्वयन समिति काठमाडौंले यो अभियानबाट बागमतीमा पनि र्याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदुषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।  
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।