चैत्र १६, २०८२ सोमबार | ०३:०२:४०
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

बागमती नदीमा र्याफ्टिङ हुने

बागमतीमा हुने र्याफ्टिङको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन

काठमाडौं । र्याफ्टिङ खेल प्रवर्धन गर्ने तथा बागमती नदिलाई स्वच्छ राख्ने उद्देश्यले र्याफ्टिङ र्याली हुने भएको छ ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार र्याफ्टिङ हुन लागेको हो । 

जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा हामी सँगसँगै सहकार्य गरौं भन्ने नारा लिएरा र्याफ्टिङ र्याली गर्ने लागिएको बतायो ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलदेखि सुरु भएको र्याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।

जिल्ला समन्वयन समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित दश वटै स्थानीय निकायले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए । 

कुल ४५ वटा डुङ्गाले सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ । प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी ६ जना हुने नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

बिहान ७ः३० देखि सुरु भएको यात्रा साँझ ५ः३० सम्म सञ्चालन हुनेछ । यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म  आठ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ । त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर  र्याफ्टिङ हुनेछ । सोही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिने छ ।

त्यस्तै अन्तिम चेक पोइन्ट एल्लो ब्रिजदेखि आठ किलोमिटरको यात्रा चोभारमा गएर टुङ्गिने आयोजक जिल्ला समन्वयन समिति, काठमाडौंले जनाएको छ । 

आयोजक जिल्ला समन्वयन समिति काठमाडौंले यो अभियानबाट बागमतीमा पनि र्याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदुषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो