माघ १८, २०८२ आइतबार | २२:३६:३३
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

राजेश र निश्मा च्याम्पियन

रत्नाङ्गे । सोलुखुम्बुको रत्नाङ्गेमा भएको इन्दुरो रत्नाङ्गे माउन्टेन बाइक रेस प्रतियोगितामा राजेश मगर र निश्मा श्रेष्ठ च्याम्पियन बनेका छन् ।

प्रतियोगितामा पुरुषतर्फको इलिटमा राजेशले आठ स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो तथा तेन्गी रोवर्स तेस्रो भए ।

राजेशले ३० हजार, क्रिस्टोफरले २० हजार र तेन्गीले १० हजार रुपैयाँ पाए ।

महिलातर्फ निश्मा पहिलो हुँदा लक्ष्मी मगर दोस्रो तथा उषा खनालले तेस्रो स्थान हासिल गरे । निश्माले ३० हजार, लक्ष्मीले २० हजार तथा उषाले १० हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फको मास्टर्स विधामा दिनेश महर्जन पहिलो हुँदा मनोज क्षेष्ठले दोस्रो तथा विनेश तुलाधरले तेस्रो स्थान हासिल गरे।

त्यस्तै जुनियरतर्फको विधामा छिरिङ पासाङ शेर्पा पहिलो तथा दुर्वेशविक्रम शाह दोस्रो भए । यो विधामा दुई मात्र खेलाडीले सहभागिता जनाएका थिए ।

दुवै विधाका विजेता खेलाडीले केटीएम सिटी र कोलम्बसबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा साथ दिएको थियो ।

प्रतियोगिताका चार विधामा दुई विदेशीसहित २६ राइडरले प्रतिस्पर्धा गरेका थिए । हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र पर्यटन पर्वद्धनमा सहयोग  पुर्याउन प्रतियोगिताको आयोजना गरिएको फाप्लु माउन्टेन बाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।