चैत्र १७, २०८२ मंगलबार | ००:२०:४७
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

टुरिजम गल्फको उपाधि नाम्ग्याललाई

काठमाडौं, (खेलाडी)- धुन्दुल नाम्ग्यालले बुधबार सम्पन्न नेपाल टुरिजम कप गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड पद्दतिअनुसार भएको प्रतियोगितामा १० ह्यान्डिक्यापका साथ प्रतिस्पर्धा गरेका नाम्ग्यालले ४१ स्कोर गरेका थिए । 

नरेन्द्र गुरुङ उपविजेता हुँदा वाङचेन धोन्दुपले ग्रसतर्फको पुरस्कार जिते । धोन्दुपले ३८ स्कोर गरेका थिए ।

४० ग्रस प्वाइन्ट स्कोर गरेका धोन्दुपले एउटै सट खेर नफाली चार बर्डी प्रहार गरेका थिए । उनले सर्वाधिक बर्डीको पुरस्कार पनि हात पारे ।

सुश्मा कोइराला ३३ अंकका साथ महिलातर्फको विजेता बन्दा ३० स्कोर गरेकी करिस्मा शाह उपविजेता भइन । 

मंगोलियाका लागि महावाणिज्य दुत टिजी श्रेष्ठले ६० वर्षमाथिको प्रतिस्पर्धामा ३४ स्कोरका साथ उपाधि जित्दा ३३ स्कोर गरेका गोकर्ण गल्फ क्लबका अध्यक्ष सुरिद घिमिरे उपविजेता भए ।

यसैगरी टासी डोङले लङगेस्ट ड्राइभको उपाधिमा कव्जा जमाउँदा सुरेन्द्र फुयालले क्लोजेस्ट टु दी पिनको पुरस्कार जिते । 

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल पर्यटन बोर्डका प्रमूख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष घिमिरे, क्लबका कप्तान जोसेफ नाथन, नेपालका लागि कतारी दुतावासका डिसिएम खालिद अब्दुल्लाह अल इब्राहिमलगायतले पुरस्कृत गरे ।

गोकर्ण गल्फ क्लबमा तीन दिन चलेको प्रतियोगितामा ८० गल्फरको सहभागिता थियो । नेपाल गल्फ संघले विश्व पर्यटन दिवसको अवसरमा प्रतियोगिता गरेको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो