भलिबल संघ चुनाव

गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा गुरुङ निर्विरोध

काठमाडौं । गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गोरखामा मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा १२ नयाँ कार्यसमिति गठन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण दवाडी, महासचिवमा राजुबावु श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मण काप्री निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, कार्यसमिती सदस्यमा कृष्ण कुमार श्रेष्ठ, नरबहादुर गुरुङ, जुनी थापा, हरीबहादुर थापा, सर्मिला कुमाल, कोपिला अधिकारी, विकास भट्ट र सानुबावु आले छन् ।

यसैगरी नयाँ कायैसमितिले प्रदेश प्रतिनिधमा महासचिव श्रेष्ठ र कोषाध्यक्ष काप्रीलाई पठाउने निर्णय गरेको छ ।

नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन नजिकिदै गर्दा जिल्ला संघहरुले धमाधम निर्वाचन गर्न लागेका हुन् । संघले जिल्ला अधिवेसन तथा निर्वाचनका लागि असार १० गतेसम्मको समय तोकेको छ । तर, पनि संघले केन्द्रिय निर्वाचन कहिले गर्ने भन्ने बारे अझैसम्म पनि मिति तोकेको छैन ।