वैशाख २६, २०८२ शुक्रबार | १२:२७:५३
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

युनाइटेड प्यासनको सान्त्वना जित

युनाइटेड प्यासन (रातो) र आर्मी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/ पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डले सान्त्वना जित निकालेको छ ।

पोखरा रंगशालामा बुधबार बिहान भएको आफ्नो अन्तिम खेलमा युनाइटेड प्यासनले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ काे सेटमा पराजित गर्यो ।

दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा युनाइटेड प्यासनले एकमात्र जित निकाल्दा आर्मी भने जितविहीन बन्यो ।

पहिलो र दोस्रो सेट समान २५-१८ ले आफ्नो पक्षमा पारेको युनाइटेड प्यासनले निकै रोमाञ्चक तेस्रो सेट भने २४-२६ ले गुमायो । चौथो सेटमा २५-१९ ले विजयी हुँदै युनाइटेड प्यासनले जितका साथ प्रतियोगिताको अन्त्य गर्यो ।

प्रतियोगिता अन्तर्गत अब महिलातर्फ पहिलो क्वालिफायरमा स्थान पक्का गरिसकेका एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच प्रतिस्पर्धा हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै न्यु डायमन्ड स्पोर्टस क्लब एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।

यसैगरी पुरुषतर्फ खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लब एपिएफ तथा भारतको सुनिल कुमार भलिबल क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् ।

यस्तै आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP