फाल्गुन २६, २०८२ मंगलबार | ०९:०२:१५
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

युनाइटेड प्यासनको सान्त्वना जित

युनाइटेड प्यासन (रातो) र आर्मी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/ पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डले सान्त्वना जित निकालेको छ ।

पोखरा रंगशालामा बुधबार बिहान भएको आफ्नो अन्तिम खेलमा युनाइटेड प्यासनले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ काे सेटमा पराजित गर्यो ।

दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा युनाइटेड प्यासनले एकमात्र जित निकाल्दा आर्मी भने जितविहीन बन्यो ।

पहिलो र दोस्रो सेट समान २५-१८ ले आफ्नो पक्षमा पारेको युनाइटेड प्यासनले निकै रोमाञ्चक तेस्रो सेट भने २४-२६ ले गुमायो । चौथो सेटमा २५-१९ ले विजयी हुँदै युनाइटेड प्यासनले जितका साथ प्रतियोगिताको अन्त्य गर्यो ।

प्रतियोगिता अन्तर्गत अब महिलातर्फ पहिलो क्वालिफायरमा स्थान पक्का गरिसकेका एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच प्रतिस्पर्धा हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै न्यु डायमन्ड स्पोर्टस क्लब एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।

यसैगरी पुरुषतर्फ खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लब एपिएफ तथा भारतको सुनिल कुमार भलिबल क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् ।

यस्तै आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||