बुटवल। मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेट भलिबल एसोसिएसनले जित हात पारेका छन् ।
बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा भएको पहिलो खेलमा विभागीय टोली पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि ३-१ सेटको जित निकाल्यो ।
२५-१५ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने २०-२५ ले गुमायो । त्यसपछिका दुई सेट २५-२०, २५-१८ ले जित्दै पुलिसले विजयी यात्रा कायम राख्यो ।
दोस्रो खेलमा भारतको गुजरातले विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो । पहिलो सेट २१-२५ ले गुमाएको गुजरातले त्यसपछिका तीन सेट २५-१८, २५-१५, २५-१८ ले ले आफ्नो पक्षमा पार्दै पहिलो जित दर्ता गर्यो ।
तेस्रो तथा खेलमा विभागीय टोली आर्मीले गल्कोट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो । आर्मीले खेल २५-२१, २५-२३, २५-१९ ले आफ्नो पक्षमा पर्यो । आर्मीको यो लगातार दोस्रो जित हो ।