वैशाख २६, २०८२ शुक्रबार | १२:४६:२६
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

एसियाली खेलकुदमा हारसँगै नेपालको सुरुआतः पुरुष भलिबलमा नेपालमाथि बहराइनको जित

काठमाडौं । १९औं एसियाली खेलकुदमा जम्बो नेपाली टोलीको सुरुआत हारसँगै सुरु भएको छ ।

२९ खेलमा २५३ खेलाडी सहभागी गराएको नेपालले पुरुष भलिबलमा मंगलबार बहराइनसँग खेल्दै चीनको हानझाउमा जारी एसियाली खेलकुदको सुरुआत गरेको थियो ।

एसियाली खेलुकदको सबभन्दा ठूलो मेलाको औपचारिक उद्घाटन असोज ६ गते (सेप्टेम्बर २३) मा हुने भए पनि भलिबल, फुटबल र क्रिकेटजस्ता केही टिम खेल सुरु भइसकेका छन् ।

नेपालले जारी एसियाली खेलकुदमा आफ्नो पहिलो खेलको रुपमा खेलेको बहराइनविरुद्धको पुरुष भलिबलमा ३–१ ले नतिजा सुम्पियो । पहिलो सेटमा जित हासिल गरे पनि त्यसपछि लगातार तीन सेट गुमाएपछि नेपाल सुखद सुरुआतबाट बञ्चित भयो ।

हानझाउको सिएक्ससी जिम्न्याजियममा भएको पुरुष भलिबलअन्तर्गत समूह ‘बी’ को खेलको पहिलो सेटमा सनसनीपूर्ण जितका साथ सुरुआत गरे पनि नेपालले त्यसलाई निरन्तरता दिन सकेन । २३ मिनेट चलेको पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेर नेपालले प्रतियोगितामा अगाडि बढ्ने संकेत गरेको थियो ।

तर, दोस्रो सेटमा नेपाल त्यही नतिजामा पराजित भयो । ठ्याक्कै २३ मिनेट चलेको दोस्रो सेटमा नेपाल २०–२५ कै नतिजामा निराश भयो ।

तेस्रो सेटमा नेपालको प्रदर्शन झनै कमजोर रहयो । २५ मिनेट चलेको सेटमा बहराइनले २५–१८ को नतिजामा बाजी मार्यो ।

चौथो सेटमा पनि नेपालको भाग्य फेरिएन । उत्कृष्ट पुनरागमन जनाउने क्रममा लगातार तेस्रो सेट जित्दा बहराइनले चौथो सेटमा २१ मिनेट मेहनत गर्दै २५–१५ को नतिजा निकाल्यो ।

समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार एसियाली महारथी इरानको सामना गर्नेछ ।

पुरुष भलिबलका खेलहरु सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ । समूहको शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिए नेपालले अन्य खेल खेल्न पाउने छैन ।

यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टोलीले वरियताका लागि थप खेल खेल्न पाउने छैनन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP