असार २६, २०८२ बिहीबार | २२:५२:४२
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

किंग्स कप भलिबलको खेल तालिका सार्वजनिक

फाइल तस्बिर

काठमाडौं । मंगलबारबाट सुरु हुने दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको खेलतालिका सर्वाजनिक भएको छ । आयोजक किंग्स क्लब काठमाडौंलेले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले नेपाल गणतान्त्रिक महासंघको सामना गर्नेछ । उद्घाटन खेल विहान १० बजे सुरु हुनेछ ।

यसैगरी सोही दिउँसो १२ः१५ मा जिएम समाज र खोटाङ्ग नेसनल युवासंघ, दिउँसो २ बजे आयोजक किंग्स क्लब काठमाडौं र  गण्डकी प्रदेश तथा दिसँसो ४ बजे विभागी टोली नेपाल एपिएफ क्लब र कोशी प्रदेश आमने सामने हुनेछन्।

 प्रत्यक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पोल ‘ए’ मा किंग्स क्लब काठमाडौं, गण्डकी प्रदेश, जिएम समाज र खोटाङ्ग नेसनल युवासंघ तथा पोल ‘बी’ मा नेपाल पुलिस म्लब, नेपाल एपिएफ क्लब, कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ छन् ।

साउन २७ गतेसम्म हुने प्रतियोगिताका खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा खेलाइने छ ।

नेपाल भलिब संघको स्विकृति र प्राविधिक सहयोग रहेको प्रतिगोगितामा पछिल्लो पटक किर्गिस्तानमा भएकको काभा नेसन्स लिगमा सहभागी राष्ट्रिय पुरुष टोलीका १२ सदस्यहरुले भने भाग लिन पाउने छैनन् ।

प्रतियोगिताको अनुमानित बजेट १७ लाख रुपैयाँ छ । जसमा पुरस्कारतर्फ मात्रै  चार लाख रुपैयाँ खर्च हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँ, उपविजेताले १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् ।

यसैगरी तेस्रो हुनेलाई ५० हजार ५ सय रुपैयाँ र चौथो स्थान हासिल गर्नेलाई २२ हजार २ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले आठ हजार रुपौयाँ प्राप्त गर्दा उत्कृष्ट सेटर, सर्भर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र उदियमान खेलाडीले जनाही तीन हजार रुपैयाँ पाउनेछन् ।  

 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM