काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

दोस्रो सेटमा नेपाल विजयी

फाइल फोटो

काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा उज्वेकिस्तानविरुद्धको दोस्रो सेटमा विजयी भएको छ ।

नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा तेस्रो स्थानका लागि भइरहेको खेलको दोस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पारेकाे हाे । 

नेपालको यो जितसँगै खेल १-१ सेटको बराबरीमा पुगेको छ । नेपालले पहिलो सेट २०-२५ ले गुमाएको थियाे।

सेमिफाइनलमा नेपाल काजकिस्तानसँग ३-२ तथा उज्वेकिस्तान भारतसँग ३-० को सेटमा पराजित भएका थिए ।