काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

नेपाल पहिलो सेटमा पराजित

फाइल फोटो

काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा उज्वेकिस्तानविरुद्धको पहिलो सेट गुमाएको छ ।

नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप ) कभर्ड हलमा तेस्रो स्थानका लागि भइरहेको खेलको पहिलो सेट २०-२५ ले गुमाएको हो ।

सेमिफाइनलमा नेपाल काजकिस्तानसँग ३-२ तथा उज्वेकिस्तान भारतसँग ३-० को सेटमा पराजित भएका थिए ।