काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

माल्दिभ्सको पहिलो जित

फाइल तस्बिर

काठमाडौं । माल्दिभ्सले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

माल्दिभ्सले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सातौं स्थानका लागि भएको प्लेअफमा बंगलादेशमाथि ३-१ को सेटमा जित निकालेको हो ।

पहिलो सेट २१-२५ ले गुमाएको माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५-१४,२५-२३ र २५-१९ ले आफ्नो पक्षमा पारेको हो । बंगलादेश भने जितविहिन बनेको छ ।

प्रतियोगिताको उपाधिका आइतबार लागि भारत र काजकिस्तान प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३-० तथा काजकिस्तानले नेपाललाई ३-२ को सेटमा पराजित गरेका थिए ।

गत संस्करण फाइनलमा भिडेका नेपाल र उज्वेकिस्तानले भने आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।