काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

पहिलो सेटमा नेपाल पराजित

फाइल फोटो

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा भारतविरुद्धको पहिलो सेट गुमाएको छ ।

नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा जारी खेलको पहिलो सेट १२-२५ ले गुमाएको हो ।

१-१ को बारबरीमा रहेको अवस्थामा नेपालले लगातार १० अंक गुमाएको थियो ।

दुवै टोली जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । अघिल्ला खेलमा  नेपाल र भारतले किर्गिस्तान र बंगलादेशलाई समान ३-० को सोझो सेटमा पराजित गरेको गरेका थिए ।