चैत्र १८, २०८२ बुधबार | १३:३६:३३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

असभसम्राट र शिभालीलाई उपाधि

सांकेतिक तस्विर

सातदोबाटो । असभसम्राट हाडा र शिभाली गुरुङले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा शुक्रबार यु-१४ तर्फको उपाधि जितेका छन् ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगितामा आसभसम्राट ब्वाइज तथा शिभाली गर्ल्स सिंगल्समा च्याम्पियन बने । 

असभले फाइनलमा साङ्ग्य रोकायालाई ७-६ (७-५), ६-१ ले हराए । शिभालीले फाइनलमा मेरिशा थापालाई ६-०, ६-० ले हराइन् ।

यु-९ ब्वाइज सिंगल्समा भिराल अग्रवालले उपाधि जिते। उनले फाइनलमा कायन चालिसेलाई ४-१, ४-२ को सेटमा पराजित गरे ।

३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री च्याम्पियन भए । उनले फाइनलमा जितेन्द्र परियारविरुद्ध ७-५, ३-६, १०-७ को जित निकाले ।

यसै उमेरसमूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यातको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा जितेन्द्र र इलम दीक्षितको जोडीलाई हराए ।

५५वर्षमाथिको पुरुष डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी च्याम्पियन बने । यो जोडीले फाइनलमा मनोज सम्शेर राणा र डिगेन्द्र श्रेष्ठको जोडीबाट वाक ओभर पाएका थिए ।

पुरुष ६५ वर्षमाथि डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडी उपाधि जिते। यो जोडीले फाइनलमा मनोज राणा र प्रकाश बोगटीको जोडीबाट वाक ओभर पायो ।

यसैगरी ४५ वर्षमाथि उमेरसमूहको पुरुष सिंगल्समा छेवाङ लामा र कमल भण्डारी फाइनलमा पुगेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो