माघ १७, २०८२ शनिबार | ०६:३२:११
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

असभसम्राट र शिभालीलाई उपाधि

सांकेतिक तस्विर

सातदोबाटो । असभसम्राट हाडा र शिभाली गुरुङले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा शुक्रबार यु-१४ तर्फको उपाधि जितेका छन् ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगितामा आसभसम्राट ब्वाइज तथा शिभाली गर्ल्स सिंगल्समा च्याम्पियन बने । 

असभले फाइनलमा साङ्ग्य रोकायालाई ७-६ (७-५), ६-१ ले हराए । शिभालीले फाइनलमा मेरिशा थापालाई ६-०, ६-० ले हराइन् ।

यु-९ ब्वाइज सिंगल्समा भिराल अग्रवालले उपाधि जिते। उनले फाइनलमा कायन चालिसेलाई ४-१, ४-२ को सेटमा पराजित गरे ।

३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री च्याम्पियन भए । उनले फाइनलमा जितेन्द्र परियारविरुद्ध ७-५, ३-६, १०-७ को जित निकाले ।

यसै उमेरसमूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यातको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा जितेन्द्र र इलम दीक्षितको जोडीलाई हराए ।

५५वर्षमाथिको पुरुष डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी च्याम्पियन बने । यो जोडीले फाइनलमा मनोज सम्शेर राणा र डिगेन्द्र श्रेष्ठको जोडीबाट वाक ओभर पाएका थिए ।

पुरुष ६५ वर्षमाथि डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडी उपाधि जिते। यो जोडीले फाइनलमा मनोज राणा र प्रकाश बोगटीको जोडीबाट वाक ओभर पायो ।

यसैगरी ४५ वर्षमाथि उमेरसमूहको पुरुष सिंगल्समा छेवाङ लामा र कमल भण्डारी फाइनलमा पुगेका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।