माघ १५, २०८२ बिहीबार | ११:३५:०१
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

भ्याली स्लाम टेनिसः प्रणव र राजवीरको जोडी फाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । प्रणव मानन्धर र राजवीर प्रधानको जोडी बिवाइडी भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष डबल्समा बुधबार फाइनल प्रवेश गरेको छ ।


सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले  प्रदीप खड्का र युगेन शेर्पाको जोडीलाई ७-५, ४-६, ११-९ को सेटमा निरास बनायो ।

प्रणव र राजवीरको जोडीले उपाधिका लागि प्रणव खनाल र सक्षमविक्रम शाहीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रणव र सक्षमको जोडी निहालजंगबहादुर थापा र आयुशमान घलेको जोडीलाई ६-४, ४-६, १३-११ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सुन्निभ राजभण्डारी र अमर गुरुङको जोडीलाई ६-०,६-१ तथा सन्तोष खत्री र सुवास बस्न्यातको जोडीले सिमान्त गुरुङ र भीष्मजंग गुरुङको जोडीलाई ६-१, २-६, १०-५ ले हराए।

४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, छेवाङ लामा, कमलबहादुर भण्डारी र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, डियोनम लामा, कमल थापा र उत्तम बोगटी अन्तिम चारमा पुगे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा, डियोनम लामा, कर्मा घले र ध्रुव गुरुङले सेमिफाइनलको यात्रा तय गरे ।

४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, कृष्णराज घले र महेश श्रेष्ठ, कमलबहादुर भण्डारी र रविन गुरुङ तथा रोहित सुनुवार र हिमाल शाहको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

५५ वर्षमाथि पुरुष डबल्समा जीवन घिमिरे र राजेन्द्र भण्डारी, मनोज राणा र डेगेन्द्र श्रेष्ठ तथा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी अन्तिम  चारमा पुगे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।