काठमाडौं । विश्व नम्बर दुई आर्यना साबालेन्का युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।
बेलारुसकी स्टार साबालेन्काले ३३औं वरीयताकी बेल्जियन खेलाडी एलिसे मार्टिनेजलाई ६-२, ६-४ ले पराजित गरिन् ।
साबालेन्काले सेमिफाइनल प्रवेशका लागि सातौं वरीयताकी चाइनिज खेलाडी क्विनवेन जोङको सामना गर्नेछिन् ।
जोङले क्रोएसियाकी डोना भेकिचलाई ७-६ (७-२), ४-६, ६-२ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरिन् ।
यसैगरी अमेरिकी स्टार कोको गौफको यात्रा भने अन्तिम १६ मै सिमित बनेको छ । गौफ आफ्नै देशकी इम्मा नाभारोसँग ३-६, ६-४, ३-६ ले पराजित भइन् ।
यस्तै पुरुष एकलतर्फ टाइलर फ्रिर्टज, एलेक्सजेन्डर जेभरेभ, ग्रिगोर दिमित्रोभ र फ्रान्सिस टियाफोले पनि क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।
भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC